back
CTIZAN AD

एकीकृत समाजवादी रोज्नेको लहर बढ्दै, हेटौँडाकी उपमेयर लामासहित २५ जनाले गरे सनाखत

वि.सं.२०७८ भदौ १७ बिहीवार

675 

shares

१७ भदौ, मकवानपुर । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेहरुको लहर बढ्दै गएको छ ।

बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामासहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले नेकपा एसमा सनाखत गरेका हुन् ।

मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

त्यस्तै थाहा नगरपालिकाका वडा ११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले नेकपा (एकिकृत समाजवादी)मा सनाखत गरेका छन् ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवगठित पार्टी नेकपा एसमा सनाखतका लागि समय सीमा दिइएको छ । आफ्ना नेताहरु माधव नेपालको पार्टीमा लागेपछि यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनाबमा परेको बुझिएको छ ।

 

वि.सं.२०७८ भदौ १७ बिहीवार २१:२० मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...