१८ भदौ, कुश्मा । लगातारको वर्षापछि आएको पहिरोमा परी पर्वत जिल्लामामा ५ जनाको मृत्यु भएको छ ।
कुस्मा नगरपालिका ३ दुर्लुङका एकै परिवारका ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ भने बेपत्ता भएका अन्य ३ जनाको खोजी भैरहेको बताइएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेका छन् ।
मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।
File pic
वि.सं.२०७८ भदौ १८ शुक्रवार ०८:२२ मा प्रकाशित






























