१८ भदौ, चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छा मनकामना गाउँपालिका ६ स्थिचत पाँचकिलो भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माथिबाट ठूलो पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको र सडक विभागसँग समन्वय गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ ।
‘नारायणगढ मुग्लिंङ सडकखण्डको ५ किलोमा माथिबाट खसेको पहिरो सडक बिभागको २ बटा लोडरको सहायताले बाटो पन्छाउने कार्य शुरु भएको छ ।’ प्रहरीद्धारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार ०९:२३ मा प्रकाशित






























