back
CTIZAN AD

जुम्लाको स्याउ नेपालगञ्जको बजारमा

वि.सं.२०७८ भदौ १९ शनिवार

1.6K 

shares

१९ भदौ, नेपालगञ्ज । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।

नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ । अहिले सुरुआती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन् ।

नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।

नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको हो । जुम्लाको स्याउसँगै नेपालगञ्ज बजारमा भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ । जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ ।

नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगञ्ज पठाउने गरिएको छ ।”

नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रतिकिलो बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् ।
रासस

वि.सं.२०७८ भदौ १९ शनिवार १२:२४ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...