back
CTIZAN AD

नेकपा (एस)मा नेताहरुको जिम्मेवारी बाँडफाँड, कसले के जिम्मेवारी पाए ?

वि.सं.२०७८ भदौ २० आइतवार

663 

shares

भदौ २०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । एसले सूदुरपश्चिम बाहेकका ६ वटा प्रदेशमा इन्चार्जदेखि विभिन्न जनवर्गीय मोर्चा र संगठनमा जिम्मेवारी तोकेको हो ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णंता दिएर पदाधिकारी चयन नहुँदासम्म तोकिएका जिम्मेवारी कायम रहने जनाइएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले गत भदौ ९ मा निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको थियो ।

कुन प्रदेशमा को ?

पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोकिएको छैन। त्यहाँको इन्चार्जका लागि नेतृ गरिमा शाहको नाम प्रस्ताव गरिएको भए पनि टुंगो लागिसकेको छैन।

यस्तै एकीकृत समाजवादीले सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिएको छ। उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको छ ।

बेदराम भुसालको संयोकत्वमा सचिवालय

एकीकृत समाजवादीको मोर्चा इञ्चार्जको जिम्मेवारी डा. विजय पौडेल, प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडा र प्रवास क्षेत्र हेर्ने जिम्मेवारी श्रीप्रसाद शाहलाई तोकिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए।

एकीकृत समाजवादीले डा. बेदुराम भुसालको संयोजकत्वमा सचिवालयसमेत गठन गरेको छ । सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन्।

यस्तै पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ।

उक्त समितिको सदस्यमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधार, डा. विजय पौडेल, प्रकाश ज्वाला, जग्गनाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन ।

निर्वाचन आयोग समिति हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डेय, डा. विजय पौडेल र रामकुमारी झाँक्रीलाई तोकिएको छ । त्यस्तै संसदीय समिति हेर्ने जिम्मेवारी विरोध खतिवडा, जीवनराम श्रेष्ठ र कल्याणी खड्कालाई तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

वि.सं.२०७८ भदौ २० आइतवार ११:४९ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...