२० भदौँ, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५।०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ।
सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ ।
वि.सं.२०७८ भदौ २० आइतवार १३:३१ मा प्रकाशित


























