back
CTIZAN AD

ब्रेन ट्यूमरको शल्यक्रियाको बेला बिरामीले गायत्री मन्त्र जप्न थालेपछि…

वि.सं.२०७८ भदौ २० आइतवार

780 

shares

काठमाडौं । राजस्थानको राजधानी जयपुरस्थित एक अस्पतालमा भएको एक शल्यक्रियाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा चिकित्सकहरुले ब्रेन ट्यूमरको सर्जरी गरिरहेका छन् भने बिरामी गायत्री मन्त्र जप गरिरहेको देखिन्छ ।

भिडियोमा मस्तिष्कबाट बिरामीलाई पूरै बेहोश नगरी ट्यूमर हटाइएको देखिन्छ । शल्यक्रिया गर्नुअघि बिरामीलाई मात्र एनेस्थेसिया दिइएको बताइएको छ । शल्यक्रियाकै क्रममा डाक्टरले बिरामीसँग कुरा गरेको देखिन्छ ।

चार घण्टासम्म चलेको शल्यक्रियामा रोगी लगातार गायत्री मन्त्रको जप गरिराखेका थिए ।

शल्यक्रियामा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. बंसलले मिडियालाई बताएअनुसार सर्जरीको कारण रोगीको आवाज हराउन सक्ने जोखिमलाई देखेर उनलाई मन्त्रको जप गर्न लगाइएको थियो ।

चिकित्सकले सञ्चारमाध्यमलाई बताएअनुसार बेला–बेला रक्तघातसम्बन्धी समस्या देखिएपछि बिरामी अस्पतालमा आएका थिए । उनको आवाजमा पनि समस्या आएको थियो । परिक्षणमा मष्तिष्कको स्वर यन्त्रसँग जोडिएको भागमा ट्यूमर रहेको थाहा लागेपछि शल्यक्रिया गरिएको हो ।

भिडियोमा डाक्टर शल्यक्रियाको क्रममा केही समय बिरामीसँग कुरा गर्दै देखिएका छन् । कहिले उनीहरु रोगीलाई राम–राम जप गर्नको लागी सोध्छन् र कहिले उनीहरु एक फलको नाम सोध्छन् ।

डाक्टरहरुको टोलीले अल्ट्रासोनिक सर्जिकल माध्यम र माइक्रोस्कोपको मद्दतले टाउकोमा दुई इन्च काटेर ट्यूमर निकालेका थिए । हिन्दुस्तान टाईम्सबाट

वि.सं.२०७८ भदौ २० आइतवार १५:४३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...