back
CTIZAN AD

नेप्सेमा १०८ अकंको पहिरो ,१३ कम्पनीको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २० आइतवार

753 

shares

२० भदौँ, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार नेप्सेमा १०८ अकंले पहिरो गएको छ । आज सेयर बजार (नेप्से) १०८ दशमलब २९ अकंले घटेर २८१८ दशमलब ७३ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब ७६ अकंले घटेर ५२२ दशमलब ०२ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैंया बराबरको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख २९ हजार १ सय ४२ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टीलरी, नेपाल बैंक, नविल बैंक, रिडी हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सानिमा इक्यूटी फण्ड, अरुण भ्याली हाइड्रोपावर, सनराईज फस्र्ट म्यूचलल फण्ड, नेशनल हाईड्रोपावर, नेपाल बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज १३ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभल्पमेन्ट बैंक, नेपाल फाइनान्स, वेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आईसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, हिमालयन उर्जा विकास कम्पनी, युनिभर्सल पावर, रुरु जलविद्यृत, सिइडिबी हाईड्रोपावर लगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज सानिमा लाईफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुरास लघुवित्त, प्रोग्रेसिभ फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरुले भने कमाएका छन ।

आज भएको कारोबारमा ६ कम्पनी लागनीकर्ताले कमाउदाँ १७९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन ।

आज नेप्सेमा नकारात्मक सर्किट ब्रेक पनि लागेको थियो । आज बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी रहदाँ नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएर पुन:सुरु भएको थियो ।

वि.सं.२०७८ भदौ २० आइतवार १५:३० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...