२० भदौ, काठमाडौं । धितो राखेको सुन बैंकले फिर्ता दिन नमानेको भन्दै यसअघि विभिन्न संचारमाध्यममा समाचारको खण्डन गर्दै महालक्ष्मी विकास बैंकले ललितपुरवासी विष्णुदेवी मर्हजनको सुन फिर्ता गरेको जनाएको छ ।
आफूले ऋण लिनका लागि धितोमा राखेको सुन बैंकले फिर्तादिन आनाकानी गरेको भन्दै बिभिन्न संचारमाध्यमा छाएकी विष्णुदेवी महर्जनलाई बैंकले सुन फिर्ता गरेको जनाएको हो ।
‘यस बैंकको कुमारी पाटी शाखामा सुन धितो राखेर कर्जा लिनु भएकी ललिपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगएको र तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही संचारमाध्यममा आएका गलत समाचारप्रति बैंकको ध्यानाकर्षण भएको छ,’ बैंकद्धारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयमलाई लिएर बैंकले ऋणिको धितोको सम्पत्ति नै दिन नखोजेको आशयको समाचार प्रकाशित हुनु आश्चर्यको विषय हो ।’
बैंक र ग्राहकबीच कर्जा असुलीको क्रममा भएको फरक बुझाईका कारणले भ्रमक रुपमा समाचार प्रवाह हुँदा बैकजस्तो संबेदनशील निकायको प्रतिष्ठामै आँच आएको भन्दै बैंकले त्यसलाई सबैले मनन गरिदिन समेत सबैमा अनुरोध गरेको छ ।
‘आज मिति २०७८ भदौ, १८ गते शुक्रवार ऋणिले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । ’ बैकद्धारा जराी सूचनामा भनिएको छ ।

वि.सं.२०७८ भदौ २० आइतवार १५:०२ मा प्रकाशित






























