back
CTIZAN AD

सुदुरपश्चिममा थप ३ सांसदले छाडे एमाले, प्रदेशकै ठूलो पार्टी बन्यो एस

वि.सं.२०७८ भदौ २० आइतवार

690 

shares

भदौ २०, काठमाडौं । सुदुरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)का थप तीन सांसदले पार्टी छाडेका छन् ।

आइतबार एमालेका तीन सांसद दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन् । उनीहरु आइतबार निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढी पुगेर सनाखत गराएका थिए ।

यसअघि एमालेका १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)को पक्षमा सनाखत गरिसकेका छन् । योसँगै प्रदेशमा नेकपा (एस)को पक्षमा सांसदको संख्या १३ पुगेको छ भने नेकपा (एमाले)१२ सांसदमा खुम्चिएको छ ।

प्रदेशसभामा पार्टी विभाजनपूर्व एमालेसँग २५ सांसद थिए ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै ५२ सदस्यीय प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)सँग १३ , नेकपा (एस)सँग १३, नेपाली कांग्रेससँग १२, नेकपा (एमाले)सँग १२ र जसपासँग २ सांसद रहेका छन् । एमालेका थप केहि सांसद नेकपा (एस) तर्फ आउनसक्ने सम्भावना रहेको कारण नेकपा (एस) प्रदेशको सबैभन्दा ठूलो दल बन्ने सम्भावना छ ।

वि.सं.२०७८ भदौ २० आइतवार १६:३७ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...