back
CTIZAN AD

आज देशैभरी १०८९ जना कोरोना संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ भदौ २० आइतवार

657 

shares

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ७,९७१ वटा नमुना परीक्षणमा देशैभरी १०८९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना गरी उपत्यकामा आज ४५३ जना संक्रमित थपिएका छन् ।
आज थपिएका १०८९ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५४ हजार ३२१ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १५३४ जना निको भएका छन् । आज निको भएका १५३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ ।

त्यस्तै आज देशैभरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ ।
नेपालमा हाल ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २९ हजार ८१ जना होम आइसोलेशन र २,१६७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५२३ र भेन्टिलेटरमा १६२ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ४५ हजार ८५६ नमुना परीक्षण गरिएको छ ।
साथै नेपालमा हालसम्म ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा र ४८ लाख ९५ हजार १५२ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५३ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ भदौ २० आइतवार १६:३७ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...