back
CTIZAN AD

दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी

वि.सं.२०७८ भदौ २० आइतवार

795 

shares


२० भदौ, बलेवा
। करोडौँ खर्चिँदासमेत पहिराले क्षति पुर्याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ ।

बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो । काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहीबार सरोकारवालाले अध्ययन गरेका छन् ।

अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समूहले पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गको बारेमा स्थलगत अध्ययन गरेका हुन् ।

यहाँ एउटै पहिराले तीनवटा सडकको चार ठाउँमा क्षति पुर्याएको छ । असार १ गतेबाट निरन्तर बगिरहेको पहिराले ठूलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालयका प्रमुख इञ्जीनियर शोभियत खड्काले बताए ।

“यहाँको माटो र ढुङ्गाको प्रकृति बग्ने खालको छ, पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुपर्यो”, खड्काले भने, “यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षा उस्तै हो ।”

पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । “बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन, माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ”, उनले भने ।

अवलोकनका लागि पुगेका प्राविधिकले पहिराको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दिए । “हामीले मात्रै भनेर हुँदैन, यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्छ”, इञ्जीनियर शर्माले भने, “दिगो हुनेगरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।”

जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनका लागि अनुरोध गर्ने जनाएको छ । “हामी पत्र लेख्छौँ, यहाँको भूगोलको अवस्थाका विषयमा अध्ययन गर्न भन्छौँ”, प्रजिअ शिवकुमार कार्कीले भने, “सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।”

पहिरो खसेको क्षेत्रमा आउने भल बाढी तर्काउने विषयमा समेत अध्ययन भइरहेको उनले बताए । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड र त्यसको वैकल्पिक मार्गमा क्षति पुर्याएको छ ।

एक्लेसाल हुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छ भने बागलुङ–कुश्मीशेरा सडकमा दुई ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिराका कारण गत असार १ गतेयता दक्षिण क्षेत्र बेलाबेलामा सडक सम्पर्कविहीन हुने गरेको छ ।
रासस

वि.सं.२०७८ भदौ २० आइतवार १६:२६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...