back
CTIZAN AD

‘एनएमबि सरल बचत फण्ड—ई’ मा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ भदौ २१ सोमवार

882 

shares

२१ भदौँ, काठमाडौँ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि सरल बचत फण्ड – इ (खुलामुखी योजना) ले प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको हो ।

कूल इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १० लाख योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाईको सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लागनीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ भदौ २१ सोमवार ११:२३ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...