back
CTIZAN AD

परियोजना अन्तर्गत तीन स्थानीय तहलाई सुन्तला क्षेत्र बनाइने

वि.सं.२०७८ भदौ २१ सोमवार

786 

shares

२१ भदौ, डोटी । परियोजना अन्तर्गत तीन स्थानीय तहलाई सुन्तला क्षेत्र बनाइने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेल्धुरामार्फत बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो । सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र भएको, क्लष्टर मिलेको, क्षेत्र विस्तार गर्ने प्रचुर सम्भावना भएको र पूराना बगैंचा भएका साथै छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सुन्तला उत्पादन क्षेत्रलाई समेटी चालु आर्थिक वर्षदेखि सुन्तला सुपर जोनका रुपमा ती स्थानीय तहलाई अगाडी बढाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख खेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार बडिकेदारका वडा नं १, २ र ४ को एक सय ५० हेक्टर, जोरायलको वडा नं ३, ५ र ६ को दुई सय हेक्टर तथा बोगटान फुड्सिलका वडा नं १, २, ३, ४, ५ र ७ को एकसय ५० हेक्टर क्षेत्रफललाई यस आर्थिक वर्षमा सुन्तला जोन प्रस्ताव गरी कार्यक्रम अगाडी बढाइने बताइएको छ । जिल्लाका तीन स्थानीय तहमा सुन्तला राम्रो फल्ने गरेको छ ।

बजार अभाव तथा यातायातको समस्याका कारण यहाँ उत्पादित सुन्तला हरेक वर्ष खेर जाने गरेको किसान बताउँछन् । यहाँका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासहित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजित जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक एवं आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

यसैगरी सोही कार्यक्रमसँगै कृषि ज्ञान केन्द्रले पनि गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको समिक्षा र यस आर्थिक वर्ष २०७८/७९ मा गरिने कार्यक्रमबारे अभिमुखिकरण गोष्ठी पनि सम्पन्न गरेको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमूख नरेन्द्र पनेरुले गत वर्ष सम्पन्न कार्यक्रम र यस वर्ष सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले किसानका लागि आउने विभिन्न अनुदानका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुन नसकेकाले यसमा सुधार ल्याउनुपर्ने आवश्यक भएको बताए ।
रासस

वि.सं.२०७८ भदौ २१ सोमवार १७:०४ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...