२१ भदौँ, काठमाडौँ । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्नका लागि“नबिल डिजी वर्कस्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्टरनेटलाई विस्थापित गर्ने छ ।
सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय माध्यमबाटै उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाटनपश्चात बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागज विहीन काम गर्ने वातावरण अबको आवश्यकता हो भने ।
नबिल डीजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण सृजना गर्न सो कार्यक्रम ल्याएको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरेका थिए ।
नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुराामा बैंक विश्वस्त छ ।
कर्मचारीले कुनै पनि फाइल स्विकृत गर्नका लागि सिस्टम अलर्ट पाउनेछन् र अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्ने बैंकले जनाएको छ । यसले कागजी प्रकृया बिना कार्य सम्पादन गर्न सहज हुने विश्वास बैंकको छ ।
हाल बैंकले १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत आफ्ना ग्रहकहरुलाइै बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ भदौ २१ सोमवार १६:५७ मा प्रकाशित






























