२१ भदौ, बेल्जियम । विश्व मगर संघ बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
अन्तरािष्ट्रय मगर महासंघका महासचिव बिरमान घर्ती मगरको प्रमुख आतिथ्यतामा सेप्टेम्बर ५ मा लुभेनको आउदे लुभेन रेष्टुरेण्टमा सम्पन्न संघको अधिबेशनले रानाको नेतृत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमितिको चयन गरेको उक्त अधिबेशनले संघको वरिष्ठ उपाध्यक्षमा निता बुदुज पुन तथा उपाध्यक्षहरुमा बल बहादुर पुन र कमला पुन, महासचिवमा खगेन्द्र पुन, सहसचिवमा शुशिला रोका, कोषाध्यक्षमा नर कुमारी पुन, सहकोषाध्यक्षमा दिपक पुन र महिला संयोजकमा यमुना रोका मगर चयन भएका छन् ।

त्यसैगरी संघको सदस्यहरुमा श्याम बुढा मगर, रिया थापा, मनकुमारी राम्जाली, क्षेत्र थापा, मकर पुन, नैना पुन, (आन्त्रोपेन संयोजकमा गुन पुन, युवा संयोजकमा बसन्त राना तथा लुभेन संयोजक, ब्रुगे संयोजक र ब्रसेल्स संयोजक नयाँ कार्यसमितिले चयन गरिने बताइएको छ ।
त्यस्तै कार्यसमितिका विभिन्न क्षेत्रीय संयोजकसहितको पहिलो बैठकले बाँकी सदस्यहरुको पदपूर्ति गर्ने, सल्लाहकारहरु चयन गर्ने सहमति गरिएको छ । साथै सोहि अधिबेशनले संघको बिधान संसोधनको लागि नयाँ कार्यसमितिलाई जिम्मा दिइएको छ ।

उक्त अधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा संरक्षक मार्के मगर, युरोप संयोजक नेत्र मगर, बरिष्ठ सल्लाहकार, लालप्रसाद पाइजा, बिधान संसोधन समिति संयोजक तोइना आले र अन्तराष्ट्रिय मगर महासंघका महासचिव वीर मान घर्ति मगरले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
सोहि अवसरमा मार्के मगरले बेल्जियम मगर संघको बारेमा, नेत्र मगरले युरोप मगर संघ तथा बिरमान घर्तीमगरले र अन्तराष्ट्रिय मगर महासंघका बारेमा आ–आफ्ना भनाई राखेका थिए ।
वि.सं.२०७८ भदौ २१ सोमवार १६:५२ मा प्रकाशित






























