भदौ २१, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरे कारबाही गर्ने भनि निकालेको गृहमन्त्रालयको विज्ञप्ति पनि जलाएका छन् । सो क्रममा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

केही दिन अघि विद्यार्थीहरुले महाकाली नदीमा जयसिंह धामी बेपत्ताको घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका थिए। त्यसपछि सरकारले एमसीसीविरुद्ध भइरहेका क्रियाकलाप र नरेन्द्र मोदीको पुतला जलायने काम नगर्न भनेर विज्ञप्ती निकालेको थियो ।
वि.सं.२०७८ भदौ २१ सोमवार १७:४६ मा प्रकाशित






























