back
CTIZAN AD

यी हुन् पुरस्कृत हुने ४० निजामती कर्मचारी

वि.सं.२०७८ भदौ २२ मंगलवार

699 

shares

२२ भदौ, काठमाडौँ । निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

४० मध्ये १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

उत्कृष्ट पुरस्कार पाउनेमा सर्वोच्च अदालतका सहरजिष्ट्रार बिमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्र कुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदक्त गौतम, स्वास्थ्य सो विभागका निर्देशक डा भिमसिं तिङ्करी, महान्याधिवक्ताको कार्यालयका उपन्याधिवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ने, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालिबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले रहेका छन् ।
उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको ५० हजार रहेको छ ।

सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् । सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार दुई लाख राशिको रहेको छ ।

प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई निजामती सेवा नियमावली अनुसार निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्ने समितिको सिफारिसमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

[googleapps domain="drive" dir="file/d/1pe9EjD816Hmm4NmWeV5Ikvurh35QbGGb/preview" query="" width="640" height="480" /]

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:३२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...