भदौ २२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन्। मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णँ बैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै देवकोटालाई संयोजकको जिम्मेवारी दिएको हो ।
बैठकले संगठनको सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको छ । वाईसीएलका केन्द्रीय सदस्य पुष्प ओलीले बताएअनुसार बैठकले अन्य पदाधिकारी भने चयन गरेको छैन् ।
यसअघि सहमति जुट्न नसकेसँगै राष्ट्रिय सम्मेलनले पदाधिकारी कमिटी नबनाई २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १६:१२ मा प्रकाशित






























