२२ भदौँ, काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार बैंकका ग्राहक वा सर्वसाधारणले आफूले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतापश्चात सेवाग्राहीले अब मासिक ५ सय रुपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्न नपर्ने भएको छ । साथै ५ सय एक रुपैयाँ भन्दा माथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १६:३१ मा प्रकाशित






























