back
CTIZAN AD

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज १६७७ संक्रमित, २०७२ जना निको

वि.सं.२०७८ भदौ २२ मंगलवार

669 

shares

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,०३४ वटा नमुना परीक्षणमा देशैभरी १,५०३४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना गरी उपत्यकामा आज ५१९ जना संक्रमित थपिएका छन् । उपत्यकामा आज संक्रमितको संख्या केही घटेको छ ।

आज थपिएका १६७७ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५७ हजार ८९५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २०७२ जना निको भएका छन् । आज निको भएका २०७२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।


त्यस्तै आज देशैभरी २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ ।

नेपालमा हाल ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८ हजार ३१४ जना होम आइसोलेशन र ८९९८ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५१४ र भेन्टिलेटरमा १५४ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ७६ हजार ८६९ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५६ लाख ३ हजार ७७५ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ८० हजार ४०० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १६:३७ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...