back
CTIZAN AD

आज देशैभरी १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

वि.सं.२०७८ भदौ २१ सोमवार

720 

shares

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,९७९ वटा नमुना परीक्षणमा देशैभरी १,८९७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना गरी उपत्यकामा आज ६०६ जना संक्रमित थपिएका छन् ।

आज थपिएका १८९७ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५६ हजार २१८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १,७४३ जना निको भएका छन् । आज निको भएका १७४३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।

त्यस्तै आज देशैभरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ ।

नेपालमा हाल ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८ हजार ९११ जना होम आइसोलेशन र २,०६२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५१२ र भेन्टिलेटरमा १६३ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ६१ हजार ८३५ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५५ लाख ७३ हजार ४१९ जनाले पहिलो मात्रा र ४९ लाख ६२ हजार ७५९ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७२ हजार ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ भदौ २१ सोमवार १७:१३ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...