back
CTIZAN AD

पहिलो एकदिवसीयमा नेपाल २ विकेटले विजयी

वि.सं.२०७८ भदौ २२ मंगलवार

663 

shares

२२ भदौँ, काठमाडौँ । नेपाल र पपुवा न्यूगिनी बिचको पहिलो एकदिवसीय खेलमा नेपाल २ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पपुवा न्यूगिनी ३३ ओभरमा १३४ रन बनाएर अलआउट भएको थियो । पपुवा न्यूगिनीका लागि ब्याटिङ्गमा लेगा सियाकाले सर्वाधिक ३० रन बनाएका थिए भने चर्ल्स अमिनी २३, सेस बाउ १४, किप्लिन डोरिगा १५, गौडी टोक २२ र चाड सोपर १७ रन बनाएर आउट भएका थिए । नेपालका लागि बलिङ्गतर्फ सन्दिप लामिछानेले सर्वाधिक ४, विक्रम शोबले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट हात पारेका थिए ।

पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ब्याटिङ्गमा रोहिथ पौडेलले सर्वाधिक ४० रनको पारी खेलेका थिए । त्यसैगरी कुशल भुर्तेलले १५, आशिफ शेखले ३० र सोमपाल कामीले २२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

जितसँगै नेपालले २ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १७:०९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...