२२ भदौँ, काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पासँग सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुुसार बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पाकाे डिलक्स रुममा ३५ प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट लगायतका अन्य आर्कषित छुट पाउने छन् ।
त्यसैगरी बैंककाे डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १७:१२ मा प्रकाशित


























