२२ भदौ, अमेरिका । नेपाली अमेरिका कलाकार संघको चौंथो विशेष अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मतमा प्रमूख संरक्षक अभय ढुंगेल र नीशा सुनारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । सो अवसरमा वरिष्ठ कलाकार आङ गेलु शेर्पा, अभय ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
सोमनाथ घिमिरे प्रमुख निर्वाचन आयुक्त, मनिता गुरुङ र विष्णु राना मगर निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति यसप्रकार रहेको छ :
प्रमूख संरक्षक- अभय ढुंगेल
अध्यक्ष- निशा सुनार
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष- विक्की पुलामी
उपाध्यक्ष – विमल डागी
उपाध्यक्ष- ऐट्ना कार्की
उपाध्यक्ष- राजेन्द्र राई
महासचिव-संगिता थापा
सचिव- मधु कुमार गिरी (मधुर)
कोषाध्यक्ष- पुष्कर वराल
सह कोषाध्यक्ष- पुजा न्यौपाने
युथ कोर्डिनेटर -दिलिप कुमार श्रीस
वोर्ड सदस्य – चिनिया लाल श्रेष्ठ
वोर्ड सदस्य- बुद्दीमान घिसिङ
वोर्ड सदस्य- पुष्पा बस्नेत
वोर्ड सदस्य- नविन श्रेष्ठ
वोर्ड सदस्य(- माया राई
वि.सं.२०७८ भदौ २२ मंगलवार १७:१५ मा प्रकाशित



























