२३ भदौँ, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश प्रस्ताव परिमार्जन गरेको छ । यस अघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत कायम गरेको हो ।
कम्पनीले अब हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसअघि कम्पनीले १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
बीमा समितिको निर्देशन अनुसार वित्तीय विवरण परिमार्जन गरेपछि कम्पनीको लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ ।
उक्त परिमार्जित लाभांश नेपाल सरकार अर्थमन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
वि.सं.२०७८ भदौ २३ बुधवार ११:५८ मा प्रकाशित


























