back
CTIZAN AD

स्थानीय तहका बालबालिकालाई खाद्यान्न सहयोग

वि.सं.२०७८ भदौ २४ बिहीवार

783 

shares

२४ भदौ, डोटी । स्थानीय तहका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको हो ।

समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३० र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुमालले जानकारी दिए । उनका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ ।
रासस

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:२७ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...