back
CTIZAN AD

टि-२० विश्वकपका लागि भारतीय टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७८ भदौ २४ बिहीवार

633 

shares

२४ भदौँ, काठमाडौँ । टि २० विश्वकपको लागि भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले आफ्ना खेलाडीहरुको चयन गरेको छ । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले विराट कोहलीको कप्तानीका १५ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

बिसीसीआईले सार्वजनिक गरेको टि-२० विश्वकपको टिममा सूर्याकुमार यादव, इशान किशन, वरुण चक्रवर्ती, राहुल चाहर जस्ता युवा खेलाडीहरुले मौका पाएका छन । त्यसैगरी दिग्गज स्पिनर रविचन्द्र अश्विन पनि टिममा पर्न सफल भएका छन । टिममा युजवेन्द्र चाहल, कुलदिप यावद, शिखर धवन जस्ता खेलाडीहरु भने टिमबाट बाहिरिएका छन ।

कोरोना महामारीको कारण भारतबाट युएई सरेको विश्वकप अक्टोबर १७ बाट सुरु हुदैँछ । भारतले आफ्नो पहिलो खेल पाकिस्तान विरुद्ध खेल्नेछ । यी दुई टिम बिचको खेल अक्टोबर २४ मा हुनेछ ।

टि-२० विश्वकपको लागि भारतको टिम:
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहमद शामी।

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:१० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...