२४ भदौँ, काठमाडौँ । सीबिआईएल क्यापिटलले सञ्चालन गरेको दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा सिटिजन म्युचुअल फण्ड १ र २ को मूल्य समायोजन भएको हो ।
नेप्सेले सिटिजन म्युचुअल फण्ड १ को ४० प्रतिशत नगद लाभांश पछि मूल्य समायोजन गरेको छ । त्यस अनुसार सिटिजन म्युचुअल फण्ड १ को प्रति इकाई मूल्य ११ रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यसैगरी सिटिजन म्युचुअल फण्ड २ को पनि ४० प्रतिशत नगद लाभांश पछि मूल्य समायोजन भएको छ । सिटिजन म्युचुअल फण्ड २ को इकाई मूल्य ११ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा यी दुवै इकाईहरुको मूल्य समायोजन गरेको हो ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १०:४७ मा प्रकाशित


























