२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ११,९४४ वटा नमुना परीक्षणमा देशैभरी १२७१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना गरी उपत्यकामा आज ४३३ जना संक्रमित थपिएका छन् । उपत्यकामा आज संक्रमितको संख्या केही घटेको छ ।
आज थपिएका १२७१ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १८५४ जना निको भएका छन् । आज निको भएका १८५४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ ।
त्यस्तै आज देशैभरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९०३ पुगेको छ ।
नेपालमा हाल २८ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २६ हजार ८८६ जना होमआइसोलेशन र १७९२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४५८ र भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४५ लाख २ हजार २६८ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख २ हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १७:५० मा प्रकाशित






























