back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्धारा चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण

वि.सं.२०७८ भदौ २४ बिहीवार

705 

shares

२४ भदौ, काठमाडौँ । उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्धारा चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको हो ।

बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्स प्रा.लि. लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैंया, हुलास स्टील इन्डष्ट्रिज प्रा.लि. लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैंया र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैंया रकम हस्तान्तरण गरेको छ । बैंकले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै रकम हस्तान्तरण गरेको जनाएको हो ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।
नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले’Energy Efficiency Program Nepal’आयोजना कार्यन्वयनको लागि  Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा NEEP/GIZ का प्रमुख सल्लाहकार फ्राङ्क बुमर, KFW काठमाडौंका प्रतिनीधि निरज सुवेदी, बैंकका विभागीय नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः प्रदिप निरौला, प्रशान्त नेपाल, सन्दीप खडका, विजयसिंह बैद्य लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको विज्ञप्तीमा उल्लेख छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:०३ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...