२४ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीवार प्रदेशमा स्याङ्जा, पर्वत र बागलुङका १/१ जना गरी ३ जनाको मृत्यु भएको हो ।
बिहीवार थपिएका ३ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३२३ पुगेको छ ।
प्रदेशमा बिहीवार म्याग्दीमा १, पर्वतमा १, गोरखामा ४०, लमजुङमा ५, तनहुँमा ७, कास्कीमा २३, वागलुङमा ३, स्याङजामा ११ र नवलपरासीपूर्वमा १ गरी ९२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ४२ महिला र ५० जना पुरुष रहेका छन् ।
बिहीवार थपिएका ९२ जनासँगै प्रदेशमा हालसम्म ८३ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये निको हुनेको संख्या ७९ हजार ७६१ पुगेको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २००० रहेको छ । ती मध्ये होम आइसोलेशनमा १८८२ रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १८:३५ मा प्रकाशित






























