back
CTIZAN AD

हाडजोर्नी विषेशज्ञ डा प्रमोदप्रसाद लामिछानेले संचालनमा ल्याएको ठिमुरा रिसोर्टको उद्घाटन, यस्ता छन् रिर्सोटका आकर्षक

वि.सं.२०७८ भदौ २४ बिहीवार

639 

shares

२४ भदौ, चितवन । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुङ्गै ढुङ्गाले बनेको कलात्मक छ । पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ । पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विषेशज्ञ डा प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो ।

भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उनकी श्रीमती डा विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण सुरु गरेका हुन् । डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ । उनको जन्मदिन पारेर उनीहरुका छोरा प्रतीकले आज रिसोर्टको उद्घाटन गरेका हुन् । लामिछानेको भनाइमा रिसोर्टको आम्दानीको एउटा हिस्सा स्व खरेलको नाममा अक्षयकोष बनाएर अपाङ्ग बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ । दन्तरोग विशेषज्ञ रहेकी स्व खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने योजनामा हुन्।

रिसोर्टमा १५ वटा भिल्ला रहेका छन् । ती भिल्लामा २२ वटा कोठा छन् । ती कोठा आगामी असोज १ गतेबाट सञ्चालनमा आउने छन् । क्रमशः कोठा थप गर्दै लगिने उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ७५ कोठाको अनुमति लिइएको छ । एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला रहेको छ । सो भिल्लामा स्वीमिङ पुलसहित आवश्यक सुविधा छन् । महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्षित गरी यो भिल्ला बनाइएको हो । रिसोर्टभित्र तारा आकारको सानो, गीतार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्वीमिङ पुल रहेका छन् । ती स्वीमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ । यहाँ गर्मी मौसममा पनि शीतलता प्राप्त गर्न सकिने उनी बताउँछन् । एक हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिए ।

रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ । रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सझाइएको छ । रेष्टुरेण्टमा कलात्मक काठभित्र झुमर बालिएको छ । रिसोर्टमै पूर्वी एशिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ । लामिछानेले रिसोर्टमा ढुङ्गासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गरेका छन् । रु २० करोडभन्दा बढी लगानी भइसकेको यस रिसोर्टमा थप लगानीको तयारीमा उनी छन् । लामिछानेले भने, “यो बुटिक रिसोर्ट हो । तपाई जे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ ।” अध्ययन अनुसन्धान गर्नेहरुलाई शान्त वातावरणमा लामो समय बस्नका लागि रिसोर्ट उपयुक्त हुने उनको भनाइ छ । रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रुख रहेका छन् ।

रिसोर्टको आडैमा आफ्नो पुख्र्यौली घर लमजुङको राइनास क्षेत्रमा हुने पहाडी शैलीको कलात्मक घर निर्माण गरिएको छ । पछिल्ला दिनमा तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेले यो घरलाई भाइरल बनाएको जनाएका छन् । सो घर पनि पाहुना बस्न मिल्ने गरी बनाइएको छ । यो रिसोर्ट भरतपुरको रामनगरबाट दुई किलोमिटरको दूरीमा रहेको छ । रिसोर्टमा हाल ३५ जना कर्मचारी रहेका छन् । तीमध्ये १० जना चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको टाइगर टप्स होटलका कर्मचारी छन् । उनीहरु भएकैले बेलायती पर्यटकले घुम्न आउने चासो देखाएको लामिछानेको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकलाई पानीमा, वनमा हुने गतिविधिका अतिरिक्त चितवन राष्ट्रिय निकुञ्ज घुमाउने गरी प्याकेज बनाउन लागिएको छ । हाल रिसोर्ट बनाइएको ठाउँमा विसं २०६५ अघि लभ्ली रिसोर्ट थियो । पानीका गतिविधिका धेरै सिनेमा यहाँ छायाङ्कन गरिएका थिए । त्यतिबेला धेरै विदेशी पर्यटक आउने गर्दथे । (रासस)

वि.सं.२०७८ भदौ २४ बिहीवार १९:३० मा प्रकाशित

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...