back
CTIZAN AD

माधव नेपाललाई पनि भेटिन् एमसीसी उपाध्यक्ष फतिमाले

वि.सं.२०७८ भदौ २४ बिहीवार

642 

shares

४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेट गरेकी छन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष नेपालसहित नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग भेट गरेकी हुन् ।

यसअघि उपाध्यक्ष सुमारको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । ४ दिने नेपाल भ्रमणमा आएकी सुमारले नेपाल आउनु अघि एमसीसी बारे नेपाल सरकारले पठाएको पत्रको जवाफ दिँदै एमसीसी कुनै सैन्य सम्झौता अन्तर्गत नपर्ने स्पष्ट पारेकी थिइन् । उनले एमसीसी सम्झौता इण्डो प्यासेफिकको हिस्सा नभएको समेत स्पष्ट पारेकी थिइन् ।

आजै बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ । बैठकमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १९:५५ मा प्रकाशित

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...