back
CTIZAN AD

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक, तोडे पेलेको कीर्तिमान

वि.सं.२०७८ भदौ २५ शुक्रवार

546 

shares

२५ भदौ, काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ह्याट्रिक गर्दै टिमलाई जित दिलाएका थिए ।

मेसीले खेलको १४ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ६४ मिनेटमा र तेस्रो गोल ८८ मिनेटमा गरेका थिए । जारी विश्वकप छनोटमा अर्जेन्टिना ८ खेलबाट १८ अंक जोड्दैँ दोस्रो स्थानमा रहेको छ भने ब्राजिल ७ खेलबाट २१ अंक जोड्दैँ शिर्ष स्थानमा रहेको छ ।

बोलिभिया विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै मेसीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका छन । मेसीले राष्ट्रिय टिमका लागि ७९ गालको गरेका छन् । ब्राजिलका पुर्वखेलाडी पेलेले राष्ट्रिय टिमका लागि ७७ गोल गरेका थिए ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:१० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...