२५ भदौँ, काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आजदेखि नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याएको छ । सो फण्डको इकाईमा आज (भदौ २५ गते) देखि आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्ने छन ।
लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
लनीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:५१ मा प्रकाशित


























