back
CTIZAN AD

भ्याकलोडर दुर्घटना हुँदा एकको मृत्यु

वि.सं.२०७८ भदौ २५ शुक्रवार

603 

shares


२५ भदौ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए ।

सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:३५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...