२५ भदौँ, काठमाडौँ । सानिमा माई हाइड्रोपावरले कार्तिक ७ गते आर्थिक वर्ष ७७/७८ को साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरुले पाउनेछन् ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:३४ मा प्रकाशित


























