back
CTIZAN AD

कोरोनाका कारण ऐतिहासिक मठमन्दिर सञ्चालनमा समस्या

वि.सं.२०७८ भदौ २५ शुक्रवार

663 

shares


२५ भदौ, पाल्पा । कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ ।

कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।

स्थानीय प्रशासनले वैशाखदेखि भदौ तेस्रो हस्तासम्म मठमन्दिर सञ्चालनमा निषेध गरेसँगै धार्मिक पर्यटकीय क्षेत्र सुनसान बनेका थिए । निषेधाज्ञा अवधिदेखि अहिलेसम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश, सिद्धबाबालगायतका मन्दिर धार्मिक पर्यटकको चहलपहल हुन नसक्दा मन्दिरमा आर्थिक समस्या बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–५ भैरव मन्दिर पाल्पा जिल्लाकै प्रसिद्ध मन्दिर हो । यो मन्दिरले वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको भए पनि हाल मन्दिरको नियमित पूजा खर्च र पुजारी, कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न समस्या भएको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताए।

कोरोनाको उच्च जोखिमका कारण मन्दिरमा दर्शन गर्न आउने दशालु भक्तजनको सङ्ख्यामा कमी हुँदा मन्दिरको आम्दानीसमेत घटेको हो । मन्दिरमा चढाएको भेटी नै मन्दिरको नियमित आम्दानी हो ।

भैरव मन्दिर तानसेनबाट नौ किलोमिटर पश्चिममा पर्छ । कोभिड–१९ ले गर्दा नित्य पूजाबाहेक अन्य दैनिक पूजा गर्न कठिनाइ भएको छ । मन्दिरमा १४ स्थायी र अन्य ज्यालादारी कर्मचारी रहेका छन् ।

मन्दिरमा कोरोना असरले भक्तजन नआउँदा कर्मचारीको तलबभत्ता, मन्दिर व्यवस्थापनको खर्च जुटाउन समस्या चर्किएको छ । मन्दिरसँग जोडिएर स्थानीय बासिन्दाले रोजीरोटीको ग्यारेन्टी गरे पनि अहिले रोजगारीका अवसरबाट बञ्चित छन् ।

जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा भीडभाड गरी पूजा गर्न अझै रोक लगाएको छ । यसले गर्दा पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ठप्प छ । पर्यटकको आगमनमा कमी हुँदा दान, भेटी तथा सहयोगका भरमा सञ्चालित मठमन्दिर सञ्चालनमा आर्थिक बोझ थपिएको स्थानीय बासिन्दाको भनाइ छ ।

तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर छ । कोरोनाले गर्दा साँझ–बिहान भजनकीर्तन हुनसमेत छाडेको छ । अहिले मन्दिरमा दर्शन गर्न आउने भक्तजन शून्य छ । मन्दिरमा दर्शन गर्न भक्तजन आउँदा पनि कोरोनाको त्रास छ । भक्तजन नआउँदा मन्दिरमा पूजा खर्च जुटाउन समस्या भएको मन्दिरका पुजारी उमाशङ्कर पोखरेलको भनाइ छ ।

तानसेन पर्यटकीयस्थल हो । पहाडी जिल्ला पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुँदै आए पनि कोरोनाका कारण पर्यटक देख्न रहर हुन थालेको तानसेनका स्थानीय बासिन्दा वीरजङ्ग राणाको भनाइ छ । पाल्पामा पर्यटकीय चहलपहल नहुँदाको यहाँको पर्यटन व्यवसाय सङ्कटमा छन् ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:०१ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...