भदौ २५, काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले भक्ता दिने भएको छ। शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार भक्ता दिने घोषणा गरेका हुन् ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दशन शर्मा प्रस्तुत गरेका हुन् ।
यसअघि अर्थमन्त्री शर्माले एमालेको अवरोधकै बीच आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक स्वीकृत भएको हो । प्रतिनिधि सभा बैठकले ती अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो ।
अर्थमन्त्रीले बाचन गरिरहँदा अहिले संसदमा एमालेले नाराबाजी गरिरहेको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:१२ मा प्रकाशित






























