back
CTIZAN AD

गोदावरीमा सिसी क्यामेरा जडान शुरु

वि.सं.२०७८ भदौ २८ सोमवार

609 

shares

२८ भदौ, ललितपुर । गोदावरी नगरपालिकाले सिसी क्यामेरा जडान गर्ने काम अघि बढाएको छ । विभिन्न किसिमका गतिविधिबारे जानकारी लिन सो काम थालिएको हो ।

गोदावरीको थेचो, चापागाउँ, ठैब र गोदावरीसम्म सिसिटिभी क्यामेरा जडान गर्न थालिएको नगरपालिकाका सूचना अधिकारी निश्चल महर्जनले जानकारी दिए ।

उनले भने, “जानकारी लिन बाडेगाउँ प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त चापागाउँमा हेर्ने व्यवस्था मिलाइने छ ।” गोदावरीमा ३२ क्यामेरा जडान गर्न लागिएको छ । सो कार्यका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । लेलेमा समेत क्यामेरा जडान गर्ने योजना रहेको महर्जनले बताए ।

यसअघि गोदावरी–४, ५, ११ र १४ वडामा क्यामेरा जडान भइसकेको छ । यस्तै वडा नं ३ गोदावरीको बस बिसौनीदेखि कुण्डसम्म व्यक्तिगत खर्चमा ३० थान सडक बत्ती जडानको काम भइरहेको गोदावरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष राज घिमिरेले बताए ।

उनले भने, “कोरोना सङ्क्रमण घटेसँगै चहलपहल बढेकाले बत्ती जडान गर्न लागिएको हो ।” कुण्ड नजिकै राष्ट्रिय वनस्पति उद्यान रहेको छ । सो क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै जाँदा बत्ती जडान आवश्यक छ ।

गोदावरी जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल हो । नेपालको मृग अध्ययन केन्द्रसमेत गोदावरीमा छ । सो क्षेत्रमा चार नारायणमध्ये माइला विशङ्खुनारायण र सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वर महादेवको मन्दिरसमेत छ ।

गोदावरीमा हालै सनराइज सम्मेलन केन्द्र निर्माण गरिएको छ । यहाँ बज्रबाराही र स्वेतबाराहीको मन्दिर पनि छ । तिलेश्वर धाम, गोदावरी कुण्डका साथै सिद्धेश्वर महादेवको मन्दिरसमेत यहीँ अवस्थित छ ।
रासस

वि.सं.२०७८ भदौ २८ सोमवार ११:०२ मा प्रकाशित

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...