२८ भदौँ, काठमाडौँ । मञ्जुश्री फाइनान्स कम्पनीले एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवामा आफ्नो नयाँ शाखा कार्यालय बिस्तार गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका थिए ।
वि.सं.२०७८ भदौ २८ सोमवार १०:५२ मा प्रकाशित






























