back
CTIZAN AD

मुगुका कांग्रेस भन्छन्–गुटउपगुट होइन एकताको अधिबेशनमा जाऔं

वि.सं.२०७८ भदौ २९ मंगलवार

684 

shares

२९ भदौ, काठमाडौं । मुगुका नेपाली कांग्रेसका नेता तथा नव निर्बाचित वडासभापति क्षेत्रिय प्रतिनिधिहरुले गुट–उपगुटलाई त्यागेर एकताको अधिबेसन गर्न आग्रह गरेका छन् ।

गमगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा नेपाली कांग्रेस प्रदेश (क) ले आयोजना गरेको नवनिर्बाचित वडा सभापति तथा क्षेत्रिय प्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा सहभागि बक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले सहमति र एकतामै ४५ वडा अधिबेसन सम्पन्न भएको र अब हुने गाउँपालिका, नगर, प्रदेश र जिल्लाको नवौं अधिबेसन गुटउपगुट नगरी पार्टीको हितको निम्ति एकताको अधिबेसन गर्न जोड दिएका छन् ।

कस्ले के भने त ?
उक्त कार्यक्रममा दलित प्रतिनिधि बाँकीलाल नेपालीले गुट–उपगुट कसैले गर्न नहुने र पार्टीको हित र कार्यकर्ताको भलाईको लागि एकताको अधिबेसन जरुरी रहेको बताए । उनले गुटउपगुट हावि हुँदा पार्टी धरासायि हुने समेत बताए ।

महिला प्रतिनिधि सुर्यदेबि मल्लले पनि एकताको अधिबेसन हुनु पर्नेमा जोड दिइन् । उनले गुट–उपगुटले कार्यकर्तामा निरास छाएको बताउँदै जिल्लातहका नेताले मुटु मिचेर एकताको अधिबेसन गर्नु पर्नेमा जोड दिइन् । ‘कोही खडगबहादुर शाही पक्ष कोही ऐनबहादुर शाही पक्ष कोही खगेन्द्र मल्ल पक्ष नहौं कांग्रेस पार्टी मात्र बनेर अधिबेसनमा जाऔं ।’ मल्लले भनिन् ।

एउटै पार्टी गुटउपगुटमा बिभाजित भएर अधिबेसनमा जाँदा आगामी स्थानीयतह प्रदेश र संघीय निर्बाचनमा असर पर्ने भएकोले नेतालाई एकताको अधिबेसन गराउन वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुले नेतालाई दबाब दिएका छन ।

‘मलाई त गुटउपगुट भए जस्तो लाग्दैन’ पूर्बपार्टी सभापति ऐनबहादुर शाहीले भने, ‘सहमति र वडा अधिबेसन एकता र सहमतिमै सम्पन्न भएका छन् ।’ शाहीले जो जहाँ लागे पनि पार्टी एउटै रहेको बताउँदै गुटउपगुट हावि भै हाल्यो भनेर अहिल्यै आत्तिहाल्नु पर्ने अबस्था नरहेको बताए ।

May be an image of 4 people, people sitting and people standing

‘म पनि एकताको अधिबेसनकै पक्षमा छु । यसमा सबैको सहमति सहकार्य हुन आबश्यक छ । एक जनाले मात्र एकताको अधिबेसन गर्छु भनेर सकिदैँन ।’ एकताको अधिबेसन गराउन आफू लागि परेको पार्टी सभापति खडगबहादुर शाहीले बताए ।

एक आपसको तुष हटाएर नवौं जिल्ला अधिबेसन एकता र सहमतिमा गरेर राम्रो सन्देश दिन आबश्यक देखिएको सभापतिको भनाई छ । कांग्रेसका बरिष्ठ नेता हस्तबहादुर मल्लले पनि नगर वडासभापति क्षेत्रिय प्रतिनिधि माँझ एकताकै सन्देश दिएका छन् ।

‘म गुटगतको अधिबेसन गराउन चाहन्न,’ मल्लले भने, ‘पार्टीको हित र कार्यकर्ताको भलाईका निम्ति एकताकै अधिबेसन गराउन चाहन्छु । स्वागत कार्यक्रममा ब्यङग्यात्मक ढंगले बोल्दै मल्लले भने, ‘सभापति खडगबहादुरजी पूर्ब सभापति ऐनबहादुर भान्जजीसंग गुटउगुटको गाँठो छ म संग छैन ।’ वडा अधिबेसनबाट करिव ४० प्रतिशत युवा निर्बाचित हुदा खुशी लागेको उनको भनाई छ ।

बिगतका अधिबेसन एकता र सहमतिमै गराउन सफल भएको यो पटक पनि एकतामै जोड दिने उनको भनाई छ । नवौं अधिबेसनमा पद रुपान्तरण हुन पर्ने बरिष्ठ नेता मल्लको भनाई छ । गुटउपगुटले पार्टी संगठन समाप्त हुने भएकाले एकता अनिबार्य रहेको नेपाली कांग्रेस सभापति तथा पार्टी उपसभापति तथा खगेन्द्रबहादुर मल्लको भनाई छ ।

‘पर ब्यक्तिका गुट कुम्लाका बोकेर कार्यकर्ताहरु वडा अधिबेसनमा गए वडा अधिबेसन एकता र सहमति हुँदा उत्साह भई आए । पार्टी उच्च बिन्दुमा पु¥याउने हो भने नवौं अधिबेसन एक ब्यक्ति एक पद र एकताको गरा’ैं उपसभापति मल्लले भने, ‘पार्टीलाई धरासायि पार्नु छ भने गुटउपगुटमा जाऔं । गुटउपगुटले नराम्रो सन्देश फैलिएको छ ।’

मल्लले पार्टी सभापति पनि मै प्रदेश र संघीय संसाद पनि मै लडछु भन्न उपयुक्त नहुने भन्दै उमेर अनुसारको डान्स गर्दा सुहाउने बताए । ‘६० बर्षका बृद्धाले १२ बर्षकी तरुनीसित डान्स गर्न सुहाउदैन ।’

उक्त कार्यक्रममा उपसभापति मल्लले एक पृष्ट लामो एकताको अपिल बितरण गरेका थिए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०२:३५ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...