back
CTIZAN AD

 शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न

वि.सं.२०७८ भदौ २९ मंगलवार

579 

shares

२९ भदौ, काठमाडौँ । नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ ।

यहि भदौ २५ गते परेड सम्पन्न भएको हो । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ युएनडीओएफ मिशन सीरीयामा खटिएका श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शा.से.) नवौं डफ्फा, श्री मेकनाईज्ड गुल्म (शा.से.) चौथो डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) पांचौ डफ्फा, श्री लेबल–१ (+) हस्पिटल (शा.से) दोश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिटमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न भएको जनाएको हो ।

युएनडीओएफ एचक्यु, क्याम्प फोउअरमा आयोजना गरिएको सो कार्यक्रममा हेड अफ मिसन तथा फोर्स कमाण्डर रथी ईश्वर हमालले उक्त मेडल परेडको विधिवत रुपमा निरीक्षण तथा सम्बोधन गर्नुका साथै युएल मेडल समेत प्रदान गरेका थिए ।

साथै, युएनएमआइएसएस मिसन, दक्षिण सुडानमा रहेका श्री हाई रेडिनेश कम्पनी (शा.से.) चौथो डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड कार्यक्रम सोही मितिमा मिसनका फोर्स कमाण्डर जेन.शैलेश सदाशिव टीनैकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फोर्स कमाण्डरलाई गार्ड अफ अँनर प्रदान गरि आरम्भ भएको सो कार्यक्रममा नेपाली सेना, हाई रेडिनेश कम्पनीका सकलदर्जा र मिसनमा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृत तथा नेपाली सैनिक पर्यवेक्षकहरुलाई समेत उनले युएन मेडल प्रदान गरेको सेनाले जनाएको छ ।

दुवै समारोहहरुका प्रमुख अतिथीहरुले आ–आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदान एवं नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको प्रशंसा गरेका थिए ।

No description available.

 

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:०२ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...