back
CTIZAN AD

संकटमा रहेको पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः उपाध्यक्ष ढकाल

वि.सं.२०७८ भदौ २९ मंगलवार

543 

shares

२९ भदौँ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनःलयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन ।

मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबै भन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी रहेकाे बताए ।

पर्यटन क्षेत्र चाँडैनै लयमा फर्कने र यसका लागि पूर्व तयारी स्वरुप गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका छन । “हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतमबुद्ध विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकार समक्ष आग्रह गरिरहेका छौं,”ढकालले भने,“पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणारा राखे ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले आफूहरुले हालैमात्र ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सुविधा स्वरुप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदा मध्ये सात दिन अनिवार्य रुपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।

उनले भने, “ग्लोबल आइएमई बैंकमा लगभग ३५ सय कर्मचारी छन्, ति कर्मचारीको परिवारले सात दिनमात्र पनि आन्तरिक गन्तव्यमा घुम्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखेर नै यस्तो व्यवस्था गरेका हौं, यो व्यवस्थाले लुम्बिनी सहित पोखरा, चितवन लगायतका क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं ।”

सरकारले ल्याएको बिदा पर्यटन सम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकीरहेका बेला आफूहरुको सानो प्रयासले दूरगामी महत्वराख्ने ढकालको विश्वास छ । ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिए ।

बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुगरहेको उनको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ महासंघको संस्थापक र सबै भन्दा पुरानो सदस्य समेत भएकाले यसको सुझावले महासंघलाई नै मार्ग निर्देश गर्ने उनले बताए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:०१ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...