back
CTIZAN AD

हत्यामा संलग्न दम्पतीलाई जन्मकैदको सजाय

वि.सं.२०७८ भदौ २९ मंगलवार

621 

shares

२९ भदौ, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ ।

राजविराज–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।

अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।

साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए ।
रासस

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:४५ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...