back

हत्यामा संलग्न दम्पतीलाई जन्मकैदको सजाय

वि.सं.२०७८ भदौ २९ मंगलवार

105 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२९ भदौ, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ ।

राजविराज–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।

अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।

साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए ।
रासस

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:४५ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झाप) । कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड...