२९ भदौँ, काठमाडौँ । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा.लि. र हिम इलेक्ट्रोनिक्सबीच यस्तो सम्झौता भएको हो ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफानहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन् । प्रि-बुकिङ्ग गर्ने ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्नेछन् ।
प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट र सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १०:३८ मा प्रकाशित



























