back
CTIZAN AD

गायक भुसाल अलि मियाँ पुरस्कारबाट सम्मानित

वि.सं.२०७३ फागुन १६ सोमवार

870 

shares

१६ फागनु, फलेवास (पर्वत) । लोक गायक युवराज भुसाललाई यस वर्षको अलि मियाँ पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

लोककवि अलि मियाँको ९९औँ जन्मजयन्तीको अवसरमा आइतबार भुसाललाई रु २० हजारसहित सम्मानित गरिएको हो । जिल्लाको वहाकिठाँटी गाविस– ६ लिम्सिङमा जन्मेका मियाँले नेपाली लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उहाँको योगदानको कदर गर्दै अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो ।

लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवास संयोजक तथा कृष्णप्रसाद बास्तोला र प्रजापति पराजुली सदस्य रहेको समितिले भुसाललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो । ग्रामीण भेगका पुराना भाका तथा शब्दलाई टिपेर गीत सिर्जना गरेका भुसाललाई पुरस्कृत गरिएको संयोजक प्रवासले जानकारी दिनुभयो ।

उक्त अवसरमा तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मानित गरिएको थियो ।

वि.सं.२०७३ फागुन १६ सोमवार ०२:५९ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...