Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

गायक भुसाल अलि मियाँ पुरस्कारबाट सम्मानित



१६ फागनु, फलेवास (पर्वत) । लोक गायक युवराज भुसाललाई यस वर्षको अलि मियाँ पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

लोककवि अलि मियाँको ९९औँ जन्मजयन्तीको अवसरमा आइतबार भुसाललाई रु २० हजारसहित सम्मानित गरिएको हो । जिल्लाको वहाकिठाँटी गाविस– ६ लिम्सिङमा जन्मेका मियाँले नेपाली लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उहाँको योगदानको कदर गर्दै अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो ।

लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवास संयोजक तथा कृष्णप्रसाद बास्तोला र प्रजापति पराजुली सदस्य रहेको समितिले भुसाललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो । ग्रामीण भेगका पुराना भाका तथा शब्दलाई टिपेर गीत सिर्जना गरेका भुसाललाई पुरस्कृत गरिएको संयोजक प्रवासले जानकारी दिनुभयो ।

उक्त अवसरमा तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मानित गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ