back
CTIZAN AD

नेकपा एमालेद्धारा आक्रमणमा संलग्नलाई तत्काल कारबाहीको माग

वि.सं.२०७८ असोज ५ मंगलवार

654 

shares

काठमाडौं । नेकपा एमालेले नेपाल निजामति कर्मचारी संगठनका पदाधिकारी र सदस्यलाई तत्काल रिहाइ गरि आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ ।

माथिको आदेश भन्दै सोधपुछका नाममा संगठनका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई नियन्त्रणमा लिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको हो ।

एमालेले नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय कार्यालय बबरमहलमा असोज ४ गते साँझ केही अराजक व्यक्तिहरुले कार्यालयभित्र अनधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोड्फोड र संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीहरुलाई हातपात समेत गरेको भन्दै उक्त घटनाको निन्दा गरेको छ ।

‘सो घटनामा संलग्न आक्रमणकारी समुहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको देखिएको आक्रमणकारी समुहलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा उल्टै कार्यालयको कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि आफ्नो कार्यालयमा के भएछ भनी हेर्न आएका नेपाल निजामति कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको सुनियोजित घटनाप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ । एमालेद्धारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ ।

No photo description available.

 

वि.सं.२०७८ असोज ५ मंगलवार १०:२६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...