back
CTIZAN AD

एनआरएनए युकेले उठायो च्यारिटी डिनरबाट २८ हजार पाउण्ड

वि.सं.२०७८ असोज ५ मंगलवार

816 

shares

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत (एनसीसी, यूके) ले आयोजना गरेको शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रममा करिव २८ हजार पाउण्ड संकलन गरेको छ ।

बेलायतमै आयोजित तेश्रो नेपाली विश्व स्वास्थ्य सम्मेलन तथा एनआरएनएको आसन्न दशौं महाधिवेशनको अवसर पारेर एनसीसी यूकेले आइतबार साँझ अल्डरसटमा शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको हो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना साँझ तथा च्यारिटी डिनरमा करिव २८ हजार पाउण्ड संकलन भएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन् ।

संघको आसन्न दशौं महाधिवेशनमा अध्यक्षदेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनएका अभियन्ताहरुलाई शुभकामना दिने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको गाहा मगरले जानकारी दिए ।

युवा तथा महिला सशक्तीकरणलाई सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक तथा एनसीसी यूकेका उपाध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले रचनात्मक कार्यक्रमका लागि शुभकामना दिए । यस्ता रचनात्मक कार्यक्रममा सधैं सबैको सहयोग रहने उनले बताए ।

राजदूत रेग्मीले आसन्न महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवारहरुलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरुको हितका लागि राजदूतावास सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।

सो अवसरमा आइसीसी अध्यक्षदेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका प्रत्यासीहरुले भौतिक उपस्थिति र भर्चुअल रुपमा सम्बोधन गरेका थिए । केही प्रत्यासी कार्यक्रममै उपस्थित भएर आफ्ना कार्ययोजनालाई संक्षिप्त रुपमा राखेका थिए भने केही प्रत्यासीले भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले प्रवासी नेपाली र मातृभूमिलाई सही अर्थमा जोड्ने अभियानमा आफूँ लागेको बताएका थिए ।

May be an image of 7 people, including Prem Gaha Magar Boxer, Bhim K C Kamal, Sher Bahadur Sunar, Ikhalu Ramesh Gelal and Tharka-Sen Coordinator Roadsafety-Nepal, people sitting and people standing

त्यस्तै, अन्य प्रत्यासीहरुले संघलाई वास्तविक अर्थमा परोपकारी संस्थाका रुपमा सञ्चालन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रकमलाई युवा र महिला सशक्तीकरण अभियानमा लगाइने
कार्यक्रममा एनसीसी यूकेले च्यारिटीबाट संकलित रकमको उचित सदुपयोग हुने विश्वास दिलाएको थियो ।
अध्यक्ष गाहा मगरले जुन उद्देश्यका लागि रकम संकलित गरिएको हो, त्यही उद्देश्य प्राप्तिमा प्रयोग गरिने बताए । ‘हामीले केमा खर्च गर्यौ भन्ने कुरा सार्वजनिक मिडिया र एनसीसीको वेभसाइटमार्फत सार्वजनिक गर्ने छौं ।’ उनले स्पष्ट पारे ।

त्यस्तै, च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक खरेलले आर्थिक पारदर्शिता पहिलो शर्त रहेको स्पष्ट पारे । आर्थिक पारदर्शिता पहिलो शर्त हो, यसमा हामी प्रतिबद्ध छौं, उनले भने ।

अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनबाट निर्वाचित वर्तमान कार्यसमितिले एनआरएनएमा युवा र महिलाको सशक्तीकरण तथा सहभागिता वृद्धिलाई मुख्य एजेण्डा बनाएको थियो । सोही एजेण्डा कार्यान्वयनको दिशामा समिति अगाडि बढेको कार्यक्रममा बताइएको थियो ।

एनसीसी यूकेमा नयाँ कार्यसमिति चयन भएपछि आइतबार साँझ आयोजना गरिएको कार्यक्रम पहिलो र सबैभन्दा ठूलो कार्यक्रम हो ।

कार्यक्रममा एनआरएनएका अभियन्ताहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा विश्व नेपाली स्वास्थ्य सम्मेलनका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । सांगीतिक प्रस्तुतीहरु सहितको कार्यक्रमका सहभागी अतिथिहरुले भरपूर आनन्द लिएका थिए ।

आर्थिक संकलनका लागि प्लाटिनम, गोल्ड र सिल्भर प्रायोजनको व्यवस्था गरिएको थियो । सहभागीहरुले स्वेच्छिकरुपमा युवा र महिला सशक्तीकरण अभियान सन्चालनका लागि आर्थिक योगदान गरेका थिए ।

 

वि.सं.२०७८ असोज ५ मंगलवार १२:१५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...